नेपाली सेनाको अपिल: देशभर निषेधाज्ञा र कर्फ्यू आदेश जारी

काठमाडौं । देशभर विद्यमान विपद् परिस्थितिमा शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले सबै राष्ट्रवासीलगायतका जनसमुदायलाई सहयोग र संयमता अपनाउन अपिल गरेको छ।

नेपाली सेनाले आन्दोलनका क्रममा जनधनको क्षति, आपराधिक गतिविधि, लुटपाट, आगजनी, सार्वजनिक सम्पत्तिमा तोडफोड, बलात्कार प्रयास, व्यक्ति लक्षित हिंसात्मक आक्रमण जस्ता गतिविधिहरू भएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नियन्त्रणका प्रयासमा सहयोग गर्न आह्वान गरेको छ।

यसै क्रममा, देशभर शान्ति सुरक्षालाई मध्यमनजर राखी जारी गरिएको निषेधाज्ञा आज भदौ २५ गते बेलुकी ७ बजे (१९: ०० बजे)  देखि भोलि भदौ २६ गते बिहान ६ बजे (०६: ०० बजे ) सम्म लागू हुने नेपाली सेनाले जनाएको छ।

सेनाले परिस्थिति र विश्लेषणको आधारमा थप सूचना जारी गरिने भन्दै सम्पूर्ण जनतालाई संयमित रहन आग्रह गरेको छ ।

You might also like

Comments are closed.