काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले गर्न लागेको साधारण शेयर (आईपीओ) को सार्वजनिक निष्काशन स्थगित भएको छ ।
कम्पनीले यसअघि भदौ १७ गते आह्वानपत्र प्रकाशित गरी भदौ २५ गतेदेखि आईपीओ खुला गर्ने घोषणा गरेको थियो । तर, हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले उक्त निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको जानकारी गराएको छ ।
कम्पनीले लगानीकर्ताहरूप्रति क्षमायाचना गर्दै आवश्यक जानकारी समयमै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।
Comments are closed.