देशव्यापी आन्दोलित घटनाप्रति नेपाल एलपी ग्यास उद्योग संघको दु:ख प्रकट

काठमाडौं । भदौ २४ गते देशभरि विभिन्न स्थानमा जेन–जेड पुस्ताले सामाजिक, डिजिटल र युवा सम्बन्धी मुद्दा सम्बोधन गर्दै गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक मोडमा परिणत हुँदा नेपाल एलपी ग्यास उद्योग संघले गहिरो दु:ख व्यक्त गरेको छ।

उक्त घटनामा १९ जना युवा आन्दोलनकारी र २ जना अन्य नागरिकसहित २१ जनाको ज्यान गएको तथा करिब ३५ जना गम्भीर घाइते भएको घटनाप्रति संघले शोक प्रकट गर्दै मृतक परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

संघले विज्ञप्तिमार्फत आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले व्यवसायी तथा उद्योगीहरू ठूलो क्षतिमा परेको उल्लेख गर्दै यस्ता घटनाले अर्थतन्त्रलाई थप कमजोर पार्ने चेतावनी दिएको छ। संघले भनेको छ, “शान्तिपूर्ण रूपमा अघि बढाइएका मागलाई हिंसा, तोडफोड र आगजनीले झनै जटिल बनाउँछ। समस्या समाधानका लागि सबै पक्षले धैर्य, संयम र संवादलाई प्राथमिकता दिनुपर्छ।”

नेपाल एलपी ग्यास उद्योग संघले देशको शान्ति, स्थिरता र विकासका लागि सहकार्य र आपसी सम्मान नै आवश्यक रहेको उल्लेख गर्दै हिंसा र द्वन्द्वबाट होइन, संवाद र आपसी समझदारीबाट मात्रै समस्या समाधान सम्भव हुने विश्वास प्रकट गरेको छ।

DOC-20250910-WA0011.

You might also like

Comments are closed.