असामान्य परिस्थितिका कारण त्रिविमा कक्षा कार्तिक ९ सम्म स्थगित

काठमाडौं । मुलुकभर विद्यमान असामान्य परिस्थितिलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले असोज २९, ३० र ३१ गते तथा असोज १, २ र ५ गतेसम्म सम्पूर्ण पठन–पाठन कार्य स्थगित गर्ने निर्णय गरेको छ ।  साथै, कार्तिक ९ गते पनि नियमित कक्षा सञ्चालन नहुने विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ।

विश्वविद्यालयका प्रमुख श्री लिल्ली थापा क्षेत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नियमित पठन–पाठन कार्य कार्तिक ११ गतेदेखि मात्र सञ्चालन हुने व्यवस्था हुनेछ।” यसअघि त्रिभुवन विश्वविद्यालयले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै शिक्षण गतिविधि स्थगित गर्नेबारे छलफल गरी सो निर्णय गरेको थियो ।

 

 

 

You might also like

Comments are closed.