पोखरा । जेनजी आन्दोलनका क्रममा पोखरासहित देशभर भएको क्षतिप्रति पोखरा चेम्बर अफ कमर्श कास्कीले दुःख व्यक्त गरेको छ ।
पोखरा चेम्बरका अध्यक्ष उमराज बास्तोलाले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवार जनमा समेदना व्यक्त गरेका छन् । घाइतेहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पोखरा चेम्बरले यस विषम परिस्थितिमा संवाद, सहकार्य र संयमता अपनाउन सरोकारवाला सबैमा आग्रह गरेको छ ।
यही भदौ २३ र २४ गते भएको प्रदर्शनले पोखरासहित देशमा ठूलो जनधनको क्षति पुगेको र निजी क्षेत्र लगायत राज्यको सम्पत्ती माथि भएको आक्रमणको निष्पक्ष छानविनसमेत हुनुपर्ने चेम्बरले माग गरेको छ ।
यसले औद्योगिक र व्यावसायिक क्षेत्रमा नराम्रो असर पुगेको चेम्बरले जनाएको छ । सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।
Comments are closed.