काठमाडौं । नेपाल वितरक संघले वर्तमान परिस्थितिमा आफ्ना सदस्यहरूलाई इन्धन आपूर्तिमा उत्पन्न हुन सक्ने अवरोधलाई ध्यानमा राख्दै सजग, संयमित र सुरक्षित उपायहरू अवलम्बन गर्न अनुरोध गरेको छ। संघले सबै वितरकहरूलाई आफ्ना कार्यालयबाट नियमित रूपमा सामग्री वितरण र आपूर्ति सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो ।
संघले विज्ञप्ति जारी गर्दै अत्यधिक प्रदर्शन, विलासी जीवनशैली र सामाजिक संजालमा धनीपना देखाउने संस्कृतिले अहिलेको बेरोजगारी, महँगी, आर्थिक अस्थिरता र असमानताको अवस्थामा युवाहरूमाथि प्रतिकूल असर पर्न सक्ने बताएको छ ।
संघका अध्यक्ष प्रेमहरि मैनालीले दैनिक उपभोग्य तथा अत्यावश्यक उपभोक्ता वस्तुहरूको सहज उपलब्धता सुनिश्चित होस् र उपभोक्ताहरूले अभावको सामना गर्न नपरोस् र संघले घर–घरमा पुग्ने सेवा अबरुद्ध नहोस् भन्नेतर्फ सबैलाई जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरेका छन् ।
संघले जन जेड पुस्तालाई आफ्नो भूमिकाबारे गम्भीर भएर विचार गर्न, संयमित र जिम्मेवार व्यवहार देखाउन आग्रह गरेको छ । साथै, सकारात्मक र सन्तुलित सोचका साथ मुलुकको पर्यटक, सामाजिक र आर्थिक छवि सुधार गर्न सबै पक्षलाई सघाउन अनुरोध गरिएको छ ।
Comments are closed.