भाटभटेनीका २८ मध्ये १६ स्टोरबाट सेवा सुचारु

काठमाडौं । भाटभटेनी सुपरमार्केटका १६ वटा स्टोर आजबाट सञ्चालनमा आएका छन् । जेन जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते देशभर भाटभटेनीका स्टोरहरुमा आगजनी तथा तोडफोड र लुटपाट गरिएका थिए । २८ वटा स्टोर मध्य २१ वटामा क्षति पुगेको थियो ।

आगजनीबाट जोगिएका र थोरै क्षति पुगेका १६ वटा स्टोरबाट सेवा सुरु भएको भाटभटेनीले जनाएको छ । काठमाडौं भ्यालीका ९ र बाहिरका ७ वटा स्टोर सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका स्टोरहरुमा उपत्यका भित्र टोखा, सातदोबाटो, अनामनगर, साना गाउँ, युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, पाटन, कलंकी, राधे राधे, बालाजू छन् । त्यस्तै, उपत्यका बाहिर नेपालजञ्ज, जनकपुर, बुटवल, विरगन्ज, धनगढी, इटहरि, भैरहवाका स्टोरहरु सुचारु भएका हुन् ।

जलेर क्षति भएका १२ वटा स्टोर कहिले सञ्चालन हुन्छन् निश्चित छैन । यद्यपि, भाटभटेनीले ती स्टोरहरु पुन मर्मत तथा पुननिर्माणसहित फेरी छिट्टै सेवा सुरु गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

भाट–भटेनी परिवारले आफ्ना ग्राहकहरूलाई धैर्यता, सहयोग र विश्वासका लागि धन्यवाद दिएको छ ।

You might also like

Comments are closed.