काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाईसेन्स) अनिश्चितकालका लागि बन्द भएको छ । भौतिक पूर्वाधार तथा यतायात व्यावस्था विभागले विज्ञप्ति जारी गर्दै सवारी लाईसेन्स छपाई तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण काम अनिश्चितकालका लागि बन्द गरिएको घोषण गरिएको हो ।
विज्ञप्तिमा विभागले संरचनामा तोडफोड, आगजनी तथा चोरी/ लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुगेकोले लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको बताएको छ ।
Comments are closed.