पाण्डेले दिए सरकार सञ्चालन र अर्थतन्त्र सवल बनाउन महत्वपूर्ण सुझाव

प्रवल जंग पाण्डे, कार्यकारिणी सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं । उद्योगी प्रवल जंग पाण्डेले नवगठित सरकारलाई ८ बुँदे सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका पाण्डेले सरकारलाई दिएका सुझावहरु साधारण तर उपयोगी छन् ।

यस्ता छन् उनले दिएका सुझावहरुः
– समय सीमित छ, गर्नुपर्ने महत्वपूर्ण काम धेरै, तसर्थ व्यक्तिगत तथा सस्थागत कसैसँग पनि भेटेर बधाई र शुभकामना नलिने ।
– कुनैपनि उद्घाटनमा नजाने ।
– सबैको सुझाव सँकलन अनलाइनमार्फत लिने ।
– सञ्चार माध्यममा चाहिने बेलामा मात्र अन्तर्वार्ता दिने ।
– सबै मन्त्रीहरुलाई नभई प्रवक्तामार्फत मात्र सञ्चार माध्यमद्वारा जनतामा सुसूचित गर्ने ।
– भ्रष्टाचार छानबिन आयोग गठन अबिलम्व गर्ने ।
– २३–२४ गतेको आन्दोलनको छानबिन गरेर दोषीलाई कानुनको दायरामा ल्याउने ।

त्यस्तै उनले राजनीतिक सुद्धिकणसँगै आर्थिक सुद्धिकरणमा पनि लाग्नुपर्ने र अर्थतन्त्र सबल नभई देश अगाडि बढ्न नसक्ने तर्क गर्दै यसका लागि पनि केही सुझावहरु दिएका छन् :

– भ्रष्ट्राचारको कारण ४० प्रतिशत इन्फर्मल इन्कमलाई घटाउन सके देशको राजश्व पनि सोही अनुरुप बृद्धि हुने ।
– आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रको पहिचान गरी आवश्यकता अनुसार भन्सारका दरहरु हेरफेर गर्ने ।
– सांसदलाई छुट्टाएको बजेट विकास निर्माणमा लगाउने ।
– यस वर्षको बजेटमा सांसदहरुले सत्ताको आडमा नचाहिने ठाउँमा अलोकेट बजेटलाई एकीकृत गरी पुनःनिर्माणमा लगाउने ।
– प्राथमिकताको आधारमा राष्ट्रिय गौरबको आयोजनाहरु समयमा नै सम्पन्न गर्ने ।
– सूचना प्रविधिलाई युवा पुस्तासँग जोडेर रोजगारी श्रृजना गर्ने ।
– वित्तीय सस्थामा रहेका सिएसआर फण्डलाई यस वर्ष एकीकृत गरी पुनःनिर्माणमा लगाउने ।
– पब्लिक सर्भिसलाई क्रमशः अटोमेसन गर्दै लाने ।
– पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्डलाई सक्रिय गर्ने
– धौवजी फलाम खानी सन्चालन गर्ने ।
– कृषिमा दिएको अनुदान राजनीतिक दुरुपयोग भइरहेकाले यसलाई नियमन गर्दै सम्भावना र चाडै प्रतिफल प्राप्त हुने क्षेत्रमा लगाउने ।
– ऊर्जा उत्पादनमा रहेका जटिलतालाई हटाई ऊर्जा उत्पादनलाई सहज बनाउने ।
– निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा मात्र हैन ट्रान्मिसन र डिष्ट्रिव्युसनमा सहभागिता गराउने ।
– हाल देखिएको आइपिओको बिकृतिलाई रोकी सर्वसाधारण जनता नठगिने गरी आइपिओको प्रावधानहरु परिमार्जन गर्ने ।
– पुँजी बजारमा बहुसंख्यक नेपालीको चासो रहेकाले यसमा भएको बिकृति र बिसंगतिहरु हटाउँदै पुँजी बजार सबल बनाउने ।

यी र यस्तै धेरै क्षेत्रमा सुधार गर्दै टाइम बाउण्ड रुपमा काम गर्दा राजश्व, रोजगारी र जिडिपी एक साथ बृद्धि गर्न सकिने जस्तो लाग्छ ।

You might also like

Comments are closed.