काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाल सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि निरन्तर उचालमा रहँदै नयाँ रेकर्ड कायम गरेको छ । सोमबार तोलामा ५ रुपैयाँले बढेको चाँदी प्रतितोला दुई हजार ५७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको संघले जनाएको छ । आईतबार चाँदी प्रतितोला दुई हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।


Comments are closed.