काठमाडौं । मोबाइलमाण्डुले यस वर्षको दशैंलाई लक्षित गर्दै ‘दशैं ग्याजेट्स मेला’ सञ्चालन गर्ने भएको छ । आगामी असोज १ गते बुधबारदेखि असोज १० गतेसम्म चल्ने यो विशेष क्याम्पेनमा उपभोक्ताले आकर्षक छुट र विभिन्न अफरहरू पाउनेछन् ।
मेलाअन्तर्गत उपभोक्ताले ६० प्रतिशतसम्म छुट, कम्बो अफर, प्रि–बुकिङ सुविधा तथा रोचक उपहारहरू प्राप्त गर्न सक्ने मोबाइलमाण्डुले जनाएको छ । ट्याबलेट, ल्यापटप, स्मार्टवाच, इयरबड्सदेखि लिएर विभिन्न होम एप्लायन्ससम्म मेलामा उपलब्ध हुनेछन् । यसै क्रममा नयाँ उत्पादनहरूको विशेष लन्च पनि गरिनेछ ।
कम्पनीका अनुसार ब्ल्याक शार्कको नयाँ गेमिङ इयरबड ‘Rokas’ पहिलो तीन ग्राहकले मात्र ९९ रुपैयाँमै पाउनेछन् भने ‘Chuwi Hi10X Pro’ ट्याबलेट पहिलो ग्राहकले ९९९ रुपैयाँमै पाउने अवसर पाउनेछन् ।
यस्तै, असोज १० सम्म सञ्चालन हुने ‘दशैं गिभअवे’ कार्यक्रममार्फत तीन भाग्यशाली विजेताले करिब २० हजार रुपैयाँ बराबरका उत्पादनहरू उपहारस्वरूप पाउनेछन् । साथै, २५०० रुपैयाँभन्दा माथिको खरिदमा निस्शुल्क डेलिभरी, मोबाइल र एप्लायन्समा सजिलो ईएमआई सुविधा तथा वेबसाइटमार्फत खरिद गर्ने उपभोक्तालाई विशेष उपहारको व्यवस्था गरिएको छ ।
मोबाइलमाण्डुले उपभोक्तालाई यो दशैं नयाँ ग्याजेटसहित परिवार र आफन्तलाई उपहार दिन सक्ने अवसर दिलाउने बताउँदै अफर र गिभअवेबारे थप जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट mobilemandu.com तथा फेसबुक, इन्स्टाग्राम र टिकटोक पेजमार्फत अपडेट लिन आग्रह गरेको छ ।
Comments are closed.