जिल्ला ट्राफिक कार्यालय कास्कीलाई अटोमोबाइल व्यवसायीको साथ

पोखरा । जेन जी आन्दोलनको क्रममा आगजनी भएको जिल्ला ट्राफिक कार्यालय कास्कीलाई पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले सहयोग गरेको छ । जेन जी आन्दोलनका क्रममा युवाहरुले कार्यालयका सम्पूर्ण सामानहरु जलाएपछि ट्राफिकलाई दैनिक कार्य सञ्चालनमा समेत समस्या भएको थियो ।

वाडाले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ट्राफिक कार्यालय कास्कीलाई कम्प्युटर, प्रिन्टर लगायतका सामग्री सहयोग गरेको हो । ट्राफिक व्यवस्थापनमा दिनरात खटिने ट्राफिक प्रहरी कार्यालयका दैनिक कार्य सञ्चालनमा साथ दिनका लागि आफूहरुले सहयोग गरिएको वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए ।

वाडाको टोली जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रमुख शोभा पाण्डेयलाई उक्त समाग्री हस्तान्तरण गरेको हो । अटोमोबाइल व्यवसायीहरुको साथले आफूहरुलाई राहत भएको पाण्डेयले बताइन् ।

 

You might also like

Comments are closed.