पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजनामा आज भदौ ३० गते शान्तिपूर्ण मौन पदयात्रा सम्पन्न भएको छ ।
गत २०८२ भदौ २३ र २४ गते जेन–जेड आन्दोलनका क्रममा उद्योगी–व्यवसायीमाथि भएको धन–जन क्षति र आगजनी घटनाको विरोधस्वरूप सो कार्यक्रम गरिएको हो ।
पदयात्रामा सहभागी उद्योगी–व्यवसायीहरूले सरकारसँग तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र घटनामा संलग्नहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । आयोजक चेम्बरले शान्तिपूर्ण ढंगले आफ्ना मागसहित पदयात्रा सम्पन्न गरेको जनाएको छ ।


Comments are closed.