काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट आज (असोज २ गते, बिहीबार) सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बिहानै बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो ।
कम्पनीले भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
उक्त आईपीओमा कुल २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन् ।
मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथा प्रक्रिया अपनाई बाँडफाँट गरिएको हो। सो अनुसार कुल १ लाख ७० हजार १५० जनाले प्रत्येकी १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
आईपीओ बाँडफाँटको नतिजा केही बेरपछि https://iporesult.cdsc.com.np/ मा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
Comments are closed.