काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ । बैंकले सूचना प्रकाशित गर्दै सूचना प्रविधि, चार्टर्ड एकाउन्टेन्ट, नेटवर्क तथा सिस्टम एडमिनिस्ट्रेटर, सफ्टवेयर डेभलपर, इन्फर्मेशन सेक्युरिटी एनालिस्ट तथा कार्यकारी रिसेप्सनिष्ट/सेक्रेटरी पदमा दरखास्त खुला गरेको हो ।
सूचना अनुसार सूचना प्रविधि (आईटी) इन्चार्जका लागि सिनियर अफिसर/अफिसर/जुनियर अफिसर गरी १ पद, चार्टर्ड एकाउन्टेन्टका लागि जुनियर अफिसर, अफिसर गरी केही पद, नेटवर्क तथा सिस्टम एडमिनिस्ट्रेटरका लागि जुनियर अफिसर,सुपरभाइजर,सिनियर असिस्टेन्ट १ पद, सफ्टवेयर डेभलपरका लागि जुनियर अफिसर,सुपरभाइजर, सिनियर असिस्टेन्ट गरी केही पद खुला गरिएको छ ।
त्यस्तै, इन्फर्मेशन सेक्युरिटी एनालिस्टका लागि सिनियर असिस्टेन्ट/असिस्टेन्ट/जुनियर असिस्टेन्ट १ पद तथा कार्यकारी रिसेप्सनिष्ट/सेक्रेटरीका लागि जुनियर असिस्टेन्ट/असिस्टेन्ट १ पदमा आवेदन माग गरिएको छ।
बैंकले इच्छुक उम्मेदवारलाई २०८२ असोज १४ गते (सन् १ अक्टोबर २०२५) भित्र आवेदन दिन आग्रह गरेको छ ।
Comments are closed.