दुई महिनामा ३३ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो दुई महिनामा ९साउन–भदौ० २३६ परियोजनाका लागि कुल रु ३३ अर्ब नौ करोड २० लाख ५४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २२५ साना, चार मध्यमस्तरीय र सात ठूला परियोजनामा वैदेशिक लगानी आउने प्रतिबद्धता गरिएको हो ।

क्षेत्रगत हिसाबले कृषिमूलक उद्योग लागतका आधारमा अगाडि रहेको विभागले जनाएको छ । नौ वटा कृषिमूलक परियोजनाका लागि मात्रै रु २१ अर्ब ५९ करोड ८० लाख बराबरको लगानी स्वीकृत भएको छ । त्यस्तै, परियोजनाको संख्याका आधारमा सूचना प्रविधिमूलक उद्योग शीर्षस्थानमा रहँदै १२० परियोजनामा रु ५६ करोड २७ लाख ५४ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार उत्पादनमूलक उद्योगका १२ परियोजनामा रु एक अर्ब २४ करोड, ऊर्जामूलक उद्योगका एक परियोजनामा रु १८ करोड २५ लाख ५० हजार, सेवामूलक उद्योगका १५ परियोजनामा रु दुई अर्ब ८१ करोड ५० लाख र पर्यटन क्षेत्रका ७९ परियोजनामा रु छ अर्ब ६९ करोड २० लाख ५० हजार बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।

यस अवधिमा ४०९ जना लगानीकर्ता, ६० जना लगानीकर्ताका प्रतिनिधि र १०७ जना आश्रित (डिपेन्डेन्ट) लाई नेपालका लागि भिसा सुविधा पनि उपलब्ध गराइएको विभागले जनाएको छ । हालसम्म कुल ७ हजार ४७५ परियोजनाका लागि रु छ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार बराबरको वैदेशिक लगानी स्वीकृत भइसकेको विभागले जनाएको छ।

You might also like

Comments are closed.