काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका ग्राहकका लागि विशेष अफर घोषणा गरेको छ । अफरअन्तर्गत स्मार्टफोन खरिद गर्ने ग्राहकले प्रिमियम एसेसरीमा आकर्षक छुट पाउने भएका छन् ।
असोज ५ गतेदेखि कात्तिक १४ गतेसम्म (सेप्टेम्बर २१ देखि अक्टोबर ३१, २०२५) सञ्चालन हुने यस अभियानमा रेडमी नोट १४ सिरिजअन्तर्गत जुनसुकै मोडल खरिद गर्दा ग्राहकले सामान्यतया २ हजार ४९९ रुपैयाँ पर्ने रेडमी बड्स ५ए केवल ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले अफरबारे भन्दै, “हामी ग्राहकलाई उत्कृष्ट मूल्यसहितको अनुभव दिन प्रतिबद्ध छौं । ग्राहकलाई थप खुसी दिनका लागि ल्याइएको यो अफरमार्फत् हामीले उत्पादनलाई सबैका लागि अझ सुलभ बनाउन खोजेका छौं,” भने ।
यो अफर रेडमी नोट १४, रेडमी नोट १४ ५जी, नोट १४ प्रो ५जी, र रेडमी नोट १४ प्रो+ ५जी मोडलहरूमा लागू हुनेछ। देशभरका आधिकारिक शाओमी बिक्रेता तथा सबै स्मार्टफोन बिक्रेतामार्फत यो सुविधा उपलब्ध हुनेछ ।
Comments are closed.