काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहका बीच चार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ लिने मन्त्रीहरूमा महावीर पुन, अनिल सिन्हा, मदन परियार र जगदीश खरेल रहेका छन् ।
शपथपछि मन्त्रालयको जिम्मेवारी विभाजनसँगै अनिल सिन्हाले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्व सम्हालेका छन् । त्यसैगरी मदन परियारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहणसँगै आफ्नो-आफ्नो मन्त्रालयमार्फत प्रभावकारी कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।
Comments are closed.