नेपाली बजारमा HONOR Play 10 स्मार्टफोन उपलब्ध

काठमाडौं । प्रख्यात स्मार्टफोन ब्रान्ड HONOR ले नेपाली बजारमा नयाँ आकर्षक मोडेल HONOR Play 10 सार्वजनिक गरेको छ। “Play it Cool” भन्ने स्लोगनसहित प्रस्तुत गरिएको यो फोन स्टाइल, शक्तिशाली प्रदर्शन र किफायती मूल्य चाहने प्रयोगकर्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ।

६.७४ इञ्चको ठूलो इमर्सिभ डिस्प्ले, आकर्षक फ्ल्याट–फ्रेम डिजाइन र MediaTek Helio G81 प्रोसेसरसहित Android 15 मा आधारित यो फोन सहज स्पीड, सजिलो मल्टिटास्किङ र अविराम मनोरञ्जन प्रदान गर्ने विशेषतासहित बजारमा आएको हो।

५०००mAh क्षमताको लामो समय टिक्ने ब्याट्री र १०W चार्जिङले दिनभर पावर कायम राख्ने सुविधा दिने यो फोनमा १३MP पछाडिको क्यामेरा र ५MP फ्रन्ट क्यामेरा जडान गरिएको छ, जसले प्रयोगकर्तालाई स्पष्ट र आकर्षक फोटो/भिडियो अनुभव दिने कम्पनीको दाबी छ।

विद्यार्थीदेखि गेम खेल्ने तथा स्टाइल र प्रदर्शन दुवै चाहनेका लागि उपयुक्त हुने गरी प्रस्तुत गरिएको HONOR Play 10 आजैदेखि नेपालभरका आधिकारिक खुद्रा स्टोर तथा Efix मा रु. १०,९९९ मा उपलब्ध छ।

You might also like

Comments are closed.