काठमाडौं । स्कोडा नेपालले यस वर्षको चाडपर्वलाई लक्षित गर्दै विशेष अफर र भव्य पुरस्कारसहितको अभियान ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ सुरु गरेको छ। “Fast and Fearless” भन्ने थिमसहित सुरु गरिएको यो अभियानले ग्राहकलाई नयाँ उत्साह, प्रिमियम ड्राइभिङ अनुभव र अविस्मरणीय सम्झना दिलाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
अभियान अन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकले २०% डाउनपेमेन्ट, ४ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । साथै, भाग्यशाली ग्राहकलाई कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने अवसर प्रदान गरिनेछ, जुन जीवनमै एकपटक पाइने अद्वितीय अवसर हुने कम्पनीको भनाइ छ ।
स्कोडाका दमदार डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डले नेपाली अटोमोबाइल बजारमा निरन्तर नयाँ परिभाषा दिँदै आएको भन्दै कम्पनीले यस अभियानलाई समुदायप्रति आभार प्रकट गर्ने र अझै राम्रो सेवा दिने वाचाका रूपमा प्रस्तुत गरेको हो ।
नेपालभर रहेका सबै अधिकृत स्कोडा सोरूममा ‘फेस्टिभ डिलाइट २०८२’ अन्तर्गतको बुकिङ खुला भइसकेको कम्पनीले जनाएको छ ।
Comments are closed.