झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न

काठमाडौं । झापा इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट आज बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ ।

कम्पनीले भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । सो शेयरका लागि १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ताका लागि आवेदन गरेका थिए, जसमा १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका छन् ।

अत्यधिक माग भएकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो । यसअनुसार ४७ हजार ३३३ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी ६ कित्ता ६ जना आवेदकलाई एक–एक कित्ता थप वितरण गरिएकाले उनीहरूले ११ कित्ताका दरले शेयर पाएका छन् ।

You might also like

Comments are closed.