काठमाडौं । विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले यस वर्षको दशैं, तिहार र छठलाई विशेष बनाउन “दशैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर” नामक उपहार योजना सार्वजनिक गरेको छ । यो योजना २०८२ असोज ५ गतेदेखि कात्तिक ४ गतेसम्म ९सेप्टेम्बर २१ देखि अक्टोबर २१, २०२५० देशभर लागू हुनेछ ।
योजनाअन्तर्गत कुनै पनि रियलमी स्मार्टफोन खरिद गर्ने ग्राहकले त्तच् कोड स्क्यान गरी क्ष्ःभ्क्ष् नम्बर तथा विवरण भरेपछि तुरुन्तै डिजिटल पपअपमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् । सहज र पारदर्शी विधिबाट छनोट गरिने विजेतामध्ये २ जनाले चीन भ्रमणको मौका पाउनेछन् भने ४ जनाले रियलमी ज्ञद्धत्, १० जनाले रियलमी 14T, १० स्मार्टफोन, ६०० जनाले विशेष उपहार बक्स, ५,००० जनाले क्रस ब्याग र १०,००० जनाले आकर्षक पानीको बोतल प्राप्त गर्नेछन् ।
उपहार लिनका लागि ग्राहकले स्मार्टफोन एक्टिभ भएको प्रमाण, वारन्टी कार्ड र खरिद बिल खुद्रा विक्रेतालाई देखाउनुपर्नेछ । कम्पनीले योजनासम्बन्धी सबै नियम तथा सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरेको छ ।
रियलमीका अनुसार यो उपहार योजना नेपाली उपभोक्तालाई प्रविधि र रमाइलोपनको संगमसहित अविस्मरणीय अनुभव दिने उद्देश्यले ल्याइएको हो । उपहारसँगै चीन भ्रमणको अवसरले गर्दा यस वर्षको दशैं २०८२ अझ खुसीमय र स्मरणीय हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
Comments are closed.