काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि असोज ७ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (असोज १० गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले कुल १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो ।
यस मध्ये सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको १० प्रतिशत हिस्सा अनुसार ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबरका ४ लाख ९७ हजार ९२ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिएको हो ।
न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यस आईपीओलाई इक्रा नेपालले इक्राएनपी इश्यूअर रेटिङ डबल बी (ICRA NP Issuer Rating Double B) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रभु क्यापिटल लिमिटेडले यस आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी वहन गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था छ ।
Comments are closed.