सिटिजन्स बैंकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

असोज १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूले लाभांश प्राप्त गर्ने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.