जेन–जी आन्दोलनका कारण हालसम्मको प्रारम्भिक अनुमानमा करिब २५ खर्ब बराबरको क्षति होटल व्यावसायमा भएको देखिएको छ । यस किसिमको क्षति केवल होटल व्यवसायमै सीमित नभई समग्र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएको छ । नेपालको अर्थतन्त्रलाई केही हदसम्म माथि उठाउन पर्यटन व्यावसायको भूमिका छ ।
तर अहिलेको परिस्थितिले गहिरो असर पु¥याउने सम्भावना देखिएको छ । नेपाल सुरक्षित गन्तव्य हो, यहाँको वातावरण स्थिर छ । पर्यटक आत्तिनुपर्ने अवस्था छैन । आन्दोलनले छोटो अवधिमा केही भौतिक संरचना र होटल व्यवसायलाई क्षति पु¥याए पनि पर्यटकहरू निर्धक्क भएर नेपाल भ्रमण गर्न सक्छन् ।
नेपाल भ्रमणमा आउने पर्यटकलाई सुरक्षित, आत्मीय र रमाइलो अनुभव दिने वातावरण छ । यहाँ आएर पर्यटकहरूले मज्जाले घुम्न सक्छन् । हिमाल, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र स्थानीय आतिथ्य अझै पनि उत्तिकै आकर्षक छन्, । पर्यटन क्षेत्रलाई थप बलियो बनाउन र क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न सरकारले तत्काल राहत र पुनःस्थापना कार्यक्रम ल्याउनुपर्छ । साथै, निजी क्षेत्र र स्थानीय समुदायसँगको सहकार्यमार्फत पर्यटन क्षेत्रलाई चाँडै पुनर्जीवित गर्न सकिने मेरो विश्वास छ ।
Comments are closed.