पर्यटन पुनःस्थापना गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक

अध्यक्ष, सागर पाण्डे, टान

जेन्जी आन्दोलनले नेपालको पर्यटनमा असर पारेको छ । अप्रत्यक्ष रूपमा पर्यटनसँग आबद्ध केही मानिसको रोजगारीमा चुनौती थपिएको छ । सेप्टेम्बर महिना नेपालमा पर्यटक आगमनको मुख्य सिजन मानिन्छ, तर आन्दोलनका क्रममा होटल तथा रिसोर्टमा आगजनी र तोडफोड हुँदा विदेशी पाहुनालाई सहज सेवा दिन चुनौती थपिएको छ । तर पर्यटन व्यवसायीहरु त्था पर्यटक आत्तिनुपर्ने अवस्था छैन । अब सबै साामान्य परिस्थितिमा मुलुक फर्किएको छ ।

पर्यटन उद्योगले लाखौं नेपालीलाई रोजगारी दिएको र नेपालको आम्दानीको महत्वपूर्ण आधार हो । अहिलेको अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझै अपरिहार्य छ । पर्यटन क्षेत्रलाई तत्काल क्षतिपूर्ति, पुनःस्थापना र पुनःनिर्माणको आवश्यकता छ । अन्तर्राष्ट्रिय सन्देशमा नेपाल सुरक्षित गन्तव्य भएको देखाउन पनि सरकार र निजी क्षेत्रलाई एकताबद्ध भएर काम गर्न आवश्यक छ ।

आन्दोलनका क्रममा भएको क्षतिको उचित मूल्यांकन गरी प्रभावित होटल तथा रिसोर्टलाई सहुलियतपूर्ण ऋण, कर छुट र पुनःनिर्माण सहयोग गर्नुपर्ने देखिन्छ । तत्काल कदम चालिएन भने यसले आगामी चाडपर्व र मुख्य पर्यटन सिजनमा विदेशी आगमनमा नकारात्मक प्रभाव पार्न सक्छ ।

 

You might also like

Comments are closed.