नेपाल पर्यटकको लागि सुरक्षित गन्तव्य हो

विनायक शाह, अध्यक्ष, होटल एसोसियसन अफ नेपाल

जेनजी आन्दोलनले देशलाई दुई दिन मात्रै प्रभावित पारेको हो र अहिले अवस्था पूर्ण रूपमा सहज भइसकेको छ । राजधानीसहित देशका प्रमुख पर्यटकीय क्षेत्रहरूमा सामान्य जनजीवन फर्किसकेको छ भने बजारमा पनि भीडभाड पुनः बढेको छ ।

पर्यटकलाई नेपाल भ्रमण गर्न कुनै हिचकिचाहट मान्नुपर्ने अवस्था छैन । नेपाल अझै पनि विश्वकै सुरक्षित र आकर्षक गन्तव्यको रूपमा उभिएको छ । नेपालमा घुम्न आउन चाहने पर्यटकहरू निर्धक्क, ढुक्क भएर आउन सक्नुहुन्छ । यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्यले उनीहरूको यात्रा अझै रमणीय बनाउनेछ ।

आन्दोलनका क्रममा थोरै मात्र होटल संरचनामा क्षति पुगेको हो । तर बस्ने ठाउँ नै नभएको होइन । नेपालका होटलहरू अझै पनि सक्षम रूपमा पर्यटकलाई सेवा दिन सक्षम छन् । होटल व्यवसायीहरू छोटो अवधिभित्रै क्षतिपूर्ति र पुनःस्थापना प्रक्रियामा जुटेका छन् । यसले आगामी चाडपर्व र पर्यटन सिजनलाई थप सक्रिय बनाउन मद्दत गर्नेछ । हामी सरकारसँग समन्वय गर्दै पर्यटन उद्योगलाई अझै बलियो बनाउन एशोसियशन बनाउन लागि परेका छौं ।

You might also like

Comments are closed.