लोबुचे हिमालको शिखरमा प्रभु बैंकको झण्डा, साहसी कर्मचारी बोध किशोरले गरे सफल आरोहण

काठमाडौं । प्रभु बैंक लिमिटेडका कर्मचारी बोध किशोर लिम्बु ताङिलङले ६,११९ मिटर अग्लो लोबुचे हिमालको शिखरमा सफलतापूर्वक आरोहण गरेका छन् । बैंकका साहसी युवा ताङलिङले आरोहणसँगै बैंकको झण्डा फहराएका छन् ।

शनिबार बिहान ७ः१२ बजे ताङ्लिङले लोबुचेको शिखरमा प्रभु बैंकको झण्डा फहराएका हुन् । यो ऐतिहासिक उपलब्धिको साथमा प्रभु बैंक लोबुचे हिमालको शिखरमा आफ्नो झण्डा पु¥याउने नेपालको पहिलो बैंक बन्न सफल भएको बताइएको छ ।

आरोहणको यात्रा सहज भने थिएन । उचाइका कारण हुने स्वास्थ्य समस्या, अप्रत्याशित मौसमी अवस्था र अन्य कठिन शारीरिक तथा मानसिक चुनौतीहरूको सामना गर्दै अदम्य साहस, प्रेरणा र दृढ संकल्पका साथ यो आरोहण सफल भएको उनले बताए ।

‘बैंकिङ सीमाभन्दा पर’को नारालाई चरितार्थ गर्दै यो सफलताले बैंकिङ सेवा केवल कार्यालयको डेस्कमा मात्र सीमित नभएर कुनै पनि उचाइमा पुग्न सक्छ भन्ने प्रमाणित गरेको बैंकले जनाएको छ ।

आरोही बोध किशोर लिम्बु ताङ्लिङले प्रभु बैंकको एक गर्विलो सदस्यको रूपमा हिमालयको उचाइबाट बैंकको मूल्य–मान्यता र डिजिटल उत्पादनहरूलाई प्रवद्र्धन गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताए ।

आरोही ताङिलङ तथा प्रभु बैंकले यो सफलता सम्पूर्ण प्रभु बैंक परिवारप्रति समर्पित गरेको छ ।

You might also like

Comments are closed.