एनआईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा १० प्रतिशत छुट

वीरगंज । एनआईसी एशिया बैंकका ग्राहकका लागि अब आँखा उपचारमा विशेष छुट सुविधा उपलब्ध हुने भएको छ । यस सम्बन्धमा वीरगंजस्थित किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले किरण आँखा अस्पतालमा आँखा उपचारका क्रममा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड अथवा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गरी उक्त छुटको लाभ लिन सक्नेछन् ।

बैंकका अनुसार यो सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय आँखा उपचारमा आर्थिक सहुलियत प्रदान गर्नुका साथै देशभर डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबारको विस्तारमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

यससँगै एनआईसी एशिया बैंकले स्वास्थ्य सेवासँग जोडिएका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ सुदृढ बनाउँदै लैजाने जनाएको छ ।

You might also like

Comments are closed.