काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम मिति आज (बिहीबार) रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (असोज २४ गते) बुकक्लोज गर्ने निर्णय गरेको हो ।
यस अनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले आगामी कात्तिक १२ गते, बुधबार, काठमाडौँको आम्रपाली ब्यांक्वेट, भाटभटेनी मा ३१औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा बिहान ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यससँगै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति, र आगामी आर्थिक वर्षका लागि आवश्यक अन्य प्रस्तावहरू पनि पारित गर्ने एभरेष्ट बैंकले जानकारी दिएको छ ।
Comments are closed.