एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, नयाँ मूल्य ६७६.४२ कायम

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेड (EBL) को शेयरमूल्य समायोजन गरिएको छ । बैंकले आगामी साधारण सभा तथा लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको छ । समायोजनपछि बैंकको शेयरमूल्य रु ६७६ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात् बिहीबारको अन्तिम मूल्यका आधारमा यो समायोजन गरेको हो ।

बिहीबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता रु ७१७ मा अन्तिम कारोबार भएको थियो । समायोजनपश्चात यही नयाँ मूल्यलाई आधार मानेर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ ।

एभरेष्ट बैंकले कात्तिक १२ गते, बुधबार, काठमाडौंको आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यससँगै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका अन्य एजेन्डामा समेत छलफल र पारित गर्नेछ । एभरेष्ट बैंकको हालको लाभांश प्रस्ताव र साधारण सभा तयारीसँगै बजारमा लगानीकर्ताको ध्यान पुनः बैंकिङ क्षेत्रतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.