राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान, प्रधानमन्त्रीसहित दलका शीर्ष नेता सहभागी हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलका शीर्ष नेताहरूलाई सर्वदलीय बैठकमा बोलाएका छन् ।

चुनावको कार्यतालिका सार्वजनिक भइसके पनि राजनीतिक दल र सरकारबीच संवाद नहुने अवस्था रहँदै आएको बेला राष्ट्रपति पौडेलले आज दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच शीतल निवासमा भेटवार्ता भएको थियो । उक्त भेटमा राष्ट्रपतिले आगामी निर्वाचनका लागि आवश्यक राजनीतिक सहमति र अनुकूल वातावरण बनाउन सरकारलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्री कार्कीले भने राष्ट्रपतिलाई निर्वाचन आयोगले तयारी गरिरहेको र सरकार त्यसअनुसार आवश्यक तयारी अघि बढाइरहेको जानकारी गराएकी थिइन् । राष्ट्रपतिले आह्वान गरेको आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेता र सम्बद्ध सरकारी अधिकारीहरू सहभागी हुने बताइएको छ ।

बैठकले निर्वाचन तयारी, राजनीतिक समन्वय र आगामी सहकार्यका विषयमा साझा धारणा बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.