सरकारले गर्यो १५ जना सहसचिवको सरुवा

काठमाडौं । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले सहसचिवको सरुवाबारे जानकारी दिए । ‘राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ,’ उनले भने ।

सरुवासँगै, नयाँ कार्य क्षेत्रका लागि सहसचिवहरूलाई जिम्मेवारी दिइनेछ । यस निर्णयले सरकारी प्रशासनमा नयाँ ऊर्जा र कार्यक्षमता थप्ने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुन:निर्माण र मर्मत संभार, क्षतिबाट प्रभावितको लागि राहत तथा आर्थिक पुन:उत्थान र सार्वजनिक सेवा सुचारु गर्न, प्रतिनिधि सभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपदबाट उत्पन्न विशेष परिस्थितिको लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम भित्रको आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुने गरी रकमान्तर गर्नेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ।

You might also like

Comments are closed.