त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेपछि थाइ एयरवेजको विमान लखनउ डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि थाइ एयरवेजको उडान नम्बर टीएलएम २२० को विमान लखनउतर्फ डाइभर्ट गरिएको छ ।

विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, विमान ‘मिसअप्रोचका कारण अवतरण हुन सकेको छैन । उनले बताए अनुसार, “ल्यान्ड गर्न विमानस्थलमा धेरै प्राविधिक कुरा मिल्नुपर्छ, त्यसमध्ये एउटामा समस्या आएमा यसलाई मिसअप्रोच भनिन्छ । यस्तो अवस्थामा विमान सुरक्षित अवतरण गर्न सकिँदैन, त्यसैले लखनउतर्फ डाइभर्ट गरिएको हो ।”

शेर्पाले थपे, “अब विमान कहिले फर्कने वा फर्कने कि नआउने भन्ने निर्णय भइसकेको छैन ।”

You might also like

Comments are closed.