काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा बढ्दो अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न जेनजी नेपाल समूहले औपचारिक माग गरेको छ ।
आइतबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर समूहका प्रतिनिधिहरूले वाइडबडी र लाउडा एयर काण्डको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन् ।
समूहले २०४७ सालपछि नियुक्त भएका सबै पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्न २१ दिने अल्टिमेटम दिएको छ । साथै, ३० दिनभित्र छानबिन प्रतिवेदन सार्वजनिक गर्ने स्वतन्त्र आयोग गठनको मागसमेत अघि सारेको छ
जेनजी समूहले साथै दुर्गम क्षेत्रमा सस्तो हवाई सेवा सञ्चालन, विद्यार्थी तथा विपन्न वर्गका लागि ५० प्रतिशत छुट, र करार कर्मचारीको संख्यामा कटौती गर्ने माग पनि राखेको छ ।
समूहले चेतावनी दिएको छ कि मागहरू बेवास्ता भएमा जनस्तरको आन्दोलनमार्फत दबाब अभियान अघि बढाइनेछ ।
Comments are closed.