सुनचाँदीको मूल्यमा भारी वृद्धि, नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड तोडेका छन् । सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबारभन्दा २ हजार ४०० रुपैयाँले बढेको हो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँमा कारोबार भएको थियो ।

सुन र चाँदी दुवैको मूल्य पछिल्ला दिनहरूमा लगातार रेकर्ड ब्रेक गर्दै बढिरहेको छ ।

You might also like

Comments are closed.