काठमाडौं । मणिपाल शिक्षण अस्पतालले केही नर्सिङ कर्मचारीहरूबीच उत्पन्न सेवा–सुविधासम्बन्धी विवादका कारण स्वास्थ्य सेवामा परेको असरबारे स्पष्टीकरण दिएको छ । अस्पतालका अनुसार आईसियु र अन्य संवेदनशील विभागका केही नर्सिङ कर्मचारीहरूले असोज १९ गते राति करिब ८ बजेबाट आकस्मिक रूपमा काम बन्द गर्ने निर्णय गरेका थिए ।
अस्पताल प्रशासनले यसबारे वार्ता सुरु गर्दै असोज १९ र २४ गतेसम्मका ३–४ चरणका संवाद र बैठकहरू गरेको जनाएको छ । तर सहमति भइसके पनि केही कर्मचारीहरूले असोज २४ गते (शुक्रबार) पुनः २०० जना नर्सिङ कर्मचारीहरूलाई अस्पतालमा हाजिर नहुन निर्देशन दिएको अस्पतालको दाबी छ ।
अस्पतालले लगभग ९५% मागहरू सम्बोधन भएको स्थिति रहेको र अझ थप सुधारका विषयमा छलफल जारी रहेको बताएको छ । तर केही कर्मचारीहरूले कार्यस्थानमा हाजिर नहुनु र आन्दोलनमा जानुले आईसियु र वर्डका बिरामीहरूको उपचारमा प्रत्यक्ष असर परेको जनाएको छ ।
त्यसका कारण अस्पतालमा रहेका बिरामीहरूलाई डिस्चार्ज गर्नुपर्ने अवस्था सिर्जना भएको र गम्भीर बिरामीहरूलाई ओपिडीमा केन्द्रित गरी सेवा सञ्चालन गरिएको अस्पतालले उल्लेख गरेको छ ।हाल इ.ए.म. सेवा मात्र सञ्चालनमा रहेको र आकस्मिक तथा आवश्यक सेवा सञ्चालनमा जनशक्ति अभावका कारण केही सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।
Comments are closed.