नर्सहरुको माग अधिकतम पुरा गर्ने मणिपाल शिक्षण अस्पतालको प्रतिबद्धता (विज्ञप्तिसहित)

पोखरा । मणिपाल शिक्षण अस्पतालले नर्सिङ कर्मचारीहरूको आन्दोलनका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ । नर्सहरुको सेवा सुविधाप्रति आफूहरु संवेदनशील रहेको र नर्सहरुको मागहरु अधिकतम पुरा गर्न आफूहरु प्रतिबद्ध रहेको अस्पताल प्रशासनले विज्ञप्तिमार्फत जनाएको छ ।

अस्पताल प्रशासनले यसबारे वार्ता सुरु गर्दै असोज १९ र २४ गतेसम्मका ३–४ चरणका संवाद र बैठकहरू गरेको जनाएको छ । तर सहमति भइसके पनि केही कर्मचारीहरूले असोज २४ गते (शुक्रबार) पुनः २०० जना नर्सिङ कर्मचारीहरूलाई अस्पतालमा हाजिर नहुन निर्देशन दिएको अस्पतालको दाबी छ ।

अस्पतालले लगभग ९५% मागहरू सम्बोधन भएको स्थिति रहेको र अझ थप सुधारका विषयमा छलफल जारी रहेको बताएको छ । नर्सहरुको आन्दोलनका कारण अस्पतालमा रहेका बिरामीहरूलाई डिस्चार्ज गर्नुपर्ने अवस्था सिर्जना भएको र गम्भीर बिरामीहरूलाई ओपिडीमा केन्द्रित गरी सेवा सञ्चालन गरिएको अस्पतालले उल्लेख गरेको छ । हाल इ.ए.म. सेवा मात्र सञ्चालनमा रहेको र आकस्मिक तथा आवश्यक सेवा सञ्चालनमा जनशक्ति अभावका कारण केही सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।

यस्तो छ विज्ञप्ति :

 

 

 

You might also like

Comments are closed.