कामना सेवाले सार्वजनिक गर्यो नेपालमै पहिलोपटक ‘डोर स्टेप बैंकिङ सर्भिस’

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट बचत खाता अन्तर्गत नेपालकै पहिलो ‘डोर स्टेप बैंकिङ सर्भिस’ सार्वजनिक गरेको छ । यो सेवा नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात भएको बैंकले जनाएको छ ।

यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकको लागि फाइदाजनक हुनेछ ।

अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत ग्राहकले बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै नगद जम्मा गर्ने, खातावाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधाहरु आफ्नो घर वा कार्यालयमा वसेर प्राप्त गर्न सक्नेछन् ।

यो सुविधाहरु निशुल्क रुपमा प्रदान गरिएको छ ।

ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् आवश्यक सेवा अनुरोध गर्न सक्ने र अनुरोध प्राप्त भएपश्चात बैैंक प्रतिनिधिले अनुरोध गरिएको स्थानसम्म नै पुगी उक्त सेवा प्रदान गर्ने बैंकले जनाएको छ । यसले डिजिटल बैंकिङको प्रवर्द्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सरल र प्रविधिमैत्री बनाइएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकवाट स्वीकृति लिई सुरुवात गरिएको यो सुविधा नेपालकै पहिलो डोर स्टेप बैंकिङ सर्भिस हो । विश्वका केही विकसित देशहरुमा ग्राहकको घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने प्रचलन रहेतापनि नेपालको बैंकिङ इतिहासमा पहिलो भएको र कामना सेवाले यस्तो सुविधा ल्याएर नेपालको बैंकिङ क्षेत्रमा नविनतम् सुविधाको थालनी गरेको बैंकका प्रमुख मार्केटिङ अधिकृत दीपेन्द्र सुवेदीले जानकारी दिए ।

प्रमुख मार्केटिङ अधिकृत सुवेदीका अनुसार बैंकले यो सुविधाले ग्राहकको सन्तुष्टीलाई मुख्य प्राथमिकता मान्दै डिजिटल प्रविधिमा आधारित सुविधा स्वरुप यो सेवाको सुरुवात गरिएको हो । ‘ग्राहकलाई समयको बचत, सहजता, सुरक्षाको पूर्ण अनुभूति गराउने छ । यो सुविधा दैनिक रुपमा व्यस्त रहने व्यवसायी, कार्यालयका कर्मचारी, गृहीणी, ज्येष्ठ नागरिकहरुका लागि अत्यन्त उपयोगी हुने विश्वास बैंकले लिएको छ । ग्राहकको लामो लाईन, बैंकसम्म पुग्ने समय तथा कागजी झन्झट नलिई घरमै वसेर बैंककाका सुविधाहरु उपभोग गर्न सकिने छ,’ सुवेदीले भने, ‘यो सुविधा अन्तर्गत बैंकको लकर सुविधा, एटिएम डेविट कार्ड, मोबाइल बैंकिङ सुविधा समेत निःशुल्क छ ।’

हाल यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरुवात गरिएको र विस्तारै देशैभर यो सुविधा विस्तार गर्ने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.