एनआईसी एशिया बैंकका ग्राहकका लागि एशियन बुद्ध होटलमा १५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब सिद्धार्थनगर, रुपन्देहीस्थित एशियन बुद्ध होटलमा सेवा लिँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । बैंक र होटलबीच छुट सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएपछि उक्त अफर लागू भएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार, एनआईसी एशिया बैंकका ग्राहकले होटलमा कुनै पनि सेवा उपभोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउनेछन् । ग्राहकले छुट पाउन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई विशेष सुविधा दिलाउने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विकासमा समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

You might also like

Comments are closed.