काठमाडौं । जेनजी युवा आन्दोलनका क्रममा आगजनी भएपछि स्थगित भएको यातायात व्यवस्था विभागको नियमित सेवा छठपछि मात्र सञ्चालन हुने भएको छ ।
हाल पुरानो पार्किङ क्षेत्रबाट सीमित सेवा सञ्चालन गर्दै आएको विभागले छठ पर्वपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो ।
विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार आवश्यक मेसिन उपकरणहरूको व्यवस्थापन पूरा भइसकेकाले छठपछि सेवा सञ्चालन गर्ने तयारी भएको हो । उनले नयाँ लाइसेन्स छपाइको काम भने तत्काल सुरु नहुने स्पष्ट पारे। पोखरेलका अनुसार नयाँ छपाइ कार्ड र प्रिन्टर खरिद गर्नुपर्ने भएकाले नयाँ लाइसेन्स वितरणका लागि अझै केही महिना लाग्नेछ ।
आगजनीका कारण क्षति पुगेको भवन मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासंघ र नेपाल अटो मोबायल्स इम्पोर्टर्सका साथै रङरोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने भएका छन् ।








Comments are closed.