काठमाडौं । काठमाडौं जिल्ला अदालतका कामकारबाहीहरू अब बबरमहलमा रहेको नागरिक उड्डयन प्राधिकरणको भवनबाट सञ्चालन हुने भएका छन् ।
बिहीबार प्रधानमन्त्री सुशीला कार्कीले प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतका प्रतिनिधिसँग संयुक्त भेट गरेकी हुन् । भेटपछि प्रधानमन्त्री कार्कीले जिल्ला अदालत काठमाडौंको कामप्रवाहमा अवरोध नआओस् भन्ने उद्देश्यले प्राधिकरणको भवनबाट काम गर्न व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले प्राधिकरणको भवन उपलब्ध गराउने जानकारी दिएका छन् ।नागरिक उड्डयन प्राधिकरण हाल सिनामंगलस्थित नयाँ भवनमा स्थानान्तरण भइसकेको छ ।
प्रधानमन्त्री कार्कीले अदालतको सेवा रोक्नु हुँदैन भन्ने आधारमा तत्कालका लागि प्राधिकरणले ससर्त भवन उपलब्ध गराउने समझदारी गरेको छ । यस व्यवस्थाबाट अदालतका कामकारबाही निरन्तरता पाउने अपेक्षा गरिएको छ ।
Comments are closed.