यातायात व्यवस्था विभागले हटायो करारका २६ कर्मचारीहरू

काठमाडौं । यातायात व्यवस्था विभागले करारमा कार्यरत २८ मध्ये २६ जनालाई बिदा दिएको छ । विभागका महानिर्देशकका सवारी चालक महोन मगर र कार्यालय सहयोगी निर्मला चौधरीबाहेक सबै कर्मचारीको जागिर खारेज गरिएको हो ।

संघीय सरकारले खर्च कटौती गर्ने नीतिअन्तर्गत शिक्षकबाहेकका सबै करार कर्मचारी कटौती गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार विभागले २६ कर्मचारीलाई हटाउने कार्यान्वयन गरेको हो ।

विभागीय प्रमुखस्तरीय निर्णयअनुसार जारी गरिएको पत्रमा उल्लेख छ, “अर्को आदेश वा व्यवस्था नभएसम्म तपाईँसँग गरिएको व्यक्तिगत करार सम्झौता मिति कार्तिक १ गतेदेखि लागू हुने गरी अन्त्य गरिएको छ। ”

यस निर्णयसँगै विभागका करार कर्मचारीहरू तत्काल कार्यबाट बिदा भएका छन् ।

You might also like

Comments are closed.