काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न कात्तिक २५ गते मंगलबार द एभरेष्ट होटल, नयाँ बानेश्वरमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा दिउँसो साढे ४ बजे शुरु हुनेछ ।
सभाले प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदान लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
त्यस्तै, सभाले संस्थापक शेयरधनीको नामा सिबक्रिम होल्डिङ्गस प्राइभेट लिमिटेडबाट आईजे ग्रुप होल्डिङ्गस प्राइभेट लिमिटेडमा परिवर्तन भएकोले सोही अनुसार नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
Comments are closed.