हिमालयन डिष्टिलरीले शेयरधनीलाई लाभांश वितरण गर्ने

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये २० प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश रहेको छ ।

सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

You might also like

Comments are closed.