लायन्सद्वारा गण्डकी प्रहरीलाई ४ थान मोटरसाइकल सहयोग

पोखरा । लायन्स ३२५ डे तथा प्रहरी दिवस कार्यक्रमका अवसरमा पोखरामा रहेका लायन्सले गण्डकी प्रदेश प्रहरीलाई ४ थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

जेन्जी आन्दोलनका क्रममा यातायात साधनहरु जलेर नष्ट भएको अवस्थालाई मध्यनजर गर्दै लायन्सले प्रहरी प्रशासनलाई केही हदसम्म राहत पुगोस् भन्ने उद्देश्यका साथ मोटरसाइकल सहयोग गरिएको कार्यक्रमको संयोजन रिजन चेयरपर्सन लायन दिपेन्द्र कोइरालाले जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख दिनेश आर्चाय, प्रमुख अतिथि मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापा र विशेष अतिथि डिस्ट्रीक्ट गर्भनर मिलन बाबु मल्ल लगायत लायनहरुको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.