ग्लोबल आइएमई क्यापिटलद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बागलुङको पैंयुपाटा, बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयमा धितोपत्र बजार र पूँजीबजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारसम्बन्धी विषयमा प्रस्तुति दिएका थिए भने, कार्यक्रमका प्रमुख अतिथि तथा क्यापिटलका सञ्चालक शालिग्राम शर्मा पौडेलले यस्तो साक्षरता अभियानले विद्यार्थी र स्थानीयलाई लगानी सम्बन्धी ज्ञान प्रदान गर्ने बताए ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई शिक्षण सिकाई प्रविधिमैत्री बनाउन क्यापिटलले डिजिटल बोर्ड समेत प्रदान गरेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. राम बहादुर के.सी., वडा अध्यक्ष नारायण शर्मा पौडेल, शिक्षक, विद्यार्थी, स्थानीय र बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.