तिहारअघिको अन्तिम कारोबारमा शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं । तिहार बिदा अघिको अन्तिम कारोबारमा शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १६.६७ अंकले बढेर २,५०३ विन्दुमा पुगेको हो ।

दिनभर ३२३ कम्पनीका ६१ लाख ९९ हजार कित्ता शेयर कारोबार हुँदा २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भयो । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको २८ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् भने हिमालयन पावर पार्टनर र भगवती हाइड्रोका लगानीकर्ताले करिब ९.९ प्रतिशत नाफा पाए । विपरीत, हिमालयन ८०/२० का इकाईधनीले ६ प्रतिशत घाटा बेहेरे ।

You might also like

Comments are closed.