तिहारको तेस्रो दिनः आज गाईतिहार यसरी गर्नुस् विधिसहित पुजा

काठमाडौं । कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ । यो दिन विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ । औँसीका दिन बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ । आइतबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ । सोमबार बिहान गाईको पूजा गरिँदैछ ।

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र डोरो गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ। तिहारको चौथो दिन गोरुपूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

You might also like

Comments are closed.