यस्तो छ भाइटीकासम्मको मौसम पूर्वानुमान, केही स्थानमा हिमपातको सम्भावना

काठमाडाैं । यस वर्षकाे तिहारमा माैसम सामान्य रहने छ । तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुका प्रभाव रहने देखिएको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

तिहारको समयमा पहाडका भूभागमा भने आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने तथा उच्च हिमाली भूभागमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहने सम्भावना रहेकाे छ।

कार्तिक ३ (लक्ष्मी पूजा): देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ४ (औंसी): देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ५ (गोवर्धन पूजा): देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हल्का वर्षा / हिमपातको सम्भावना रहेको छ ।

कार्तिक ६ (भाई टिका): कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । सबै प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा / हिमपातको सम्भावना रहेको छ ।

You might also like

Comments are closed.